Latest
अर्को
Prev

नेपालले आज केन्यासँग खेल्दै

सेयर गर्नुहोस

बिहीबार, भदौ ९, २०७९


पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी-२० अन्तराष्ट्रियमा खेल खेल्दै छ ।


खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा केन्याको नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा सुरुहुनेछ । केन्या पनि घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ । विश्व टि२० आई वरियतामा नेपाल १४ औं र केन्या ३० औं स्थानमा छन् । नेपालले टि२० आईमा पहिलो पटक केन्यासँग खेल्न लागेको हो ।


समयमै भिसा नआउँदा प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र विवेक यादव बुधबारमात्रै केन्यातर्फ प्रस्थान गरेका थिए । लामो यात्राको कारण आज सोमपाल र विवेकलाई नेपालले विश्राम दिनसक्छ । आदिल अन्सारी, साहब आलम र बसिर अहमद आजमात्र त्यसतर्फ जादैछन् । विकेटकिपर अर्जुन साउदले आज नेपाली टोलीमा डेब्यू गर्न सक्छन् । आक्रामक ब्याटिङको क्षमता राख्ने उनलाई नेपालले छैटौं नम्बरमा खेलाउने सम्भावना छ ।


भर्खरै मात्र नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ ।


सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्द नेपालले ६ विकेटको जित निकालेको थियो ।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist