Latest
अर्को
Prev

आबुखैरेनिको सह्रानीय काम : आफ्नै श्रोतबाट विद्यालयमा नर्स

सेयर गर्नुहोस

भदौ-६,तनहुँ ।


आबुखैरेनी गाउँपालिकाले बिधालयमा नर्स कार्यक्रम सुरुवात गरेको छ । आफ्नै आन्तरिक श्रोतबाट खर्च ब्योहेर्ने गरि गाउँपालिकाले सो कार्यक्रम सुरु गरेको हो ।


गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई एक जना नर्स हस्तान्तरण गरेको छ ।


गाउँपालिकाको वडा नम्बर ३ मा रहेको रामशाह माध्यामिक बिधालयमा एक जना नर्सको ब्यबस्था गर्दै सो कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानाकारी दिए । पालिकाभरिमा सबैभन्दा धेरै बिधार्थी अध्यनरत रहेको कारणले रामशाह मा.वि. बाट सो कार्यक्रम सुरु गरिएको र बिस्तारै अन्य बिधालयहरुमा समेत विस्तार गर्दै लगिने उनले बताए । रामशाह माविमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।


विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले जानकारी दिए ।


बालबालिका घर बाहेक बढी समय विद्यालयमा रहने भएकाले स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या पर्न सक्ने भएकाले यो सुविधा प्रभावकारी हुने विश्वास गरिएको छ । नर्सले किशोर–किशोरीलाई प्रजनन्, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिने जनाइएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist