Latest
अर्को
Prev

तनहुँ-१ बाट चुनाब लड्ने भट्टराईको घोषणा

सेयर गर्नुहोस


भदाै – ४ ।


 नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले मसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


आफ्नै वडा व्यास ११ मुलपानीमा शनिवार महिला संघले आयोजना गरेको एक कार्यक्रममा भट्टराइले आफ्नो १ नम्बर क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभाकाे उम्मेदवार हुन चाहेको घोषणा गरे । ‘यो मेराे वार्ड पनि हो । मेले धेरै काम गरेको छु, ‘ उनले भने, ‘यो क्षेत्र विकासको सबै जिम्मा म लिनेछु ।’


देशैभर नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको भन्दै उनले भने, ‘नयाँ मानिस, ‘नयाँ विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको छ। देशका महत्वपूर्ण सहरमा स्वतन्त्र विजयी भएका छन् ।


कांग्रेसको झण्डा देशैभर फहराउन पनि नयाँ सोच, कार्यक्रम, योजना र दृष्टिकोण भएकालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए ।पुरानालाई समानुपातिकमा अनि नयाँलाई उम्मेदवार बनाएर उनीहरुको संघर्ष, ज्ञान, क्षमता र समर्पण र त्यागलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।



उनले नयाँ सोच, विचार, योजना अनि दृष्टिकोण भएकालाई पार्टीले टिकट दिएमा तनहुँका सबै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन सक्ने भन्दै कांग्रेस जिताउन लाग्नुपर्ने बताए ।


तनहुँ क्षेत्र नम्बर १ मा २०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग रामचन्द्र पाैडेल पराजित भएका थिए । कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।


यस क्षेत्रमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका किसान श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पाैडेल केन्द्रीय सदस्य शकर भन्डारी, लगायतकाे दावी छ । वरिष्ठ नेता पाैडेलले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अाफु हारेकाे क्षेत्रबाट चुनाव जितेर मर्ने चाहना रहेको यस अघी बताइसकेका छन् ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist