तनहुँ ३ भदाै ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अाफु हारेकाे क्षेत्रबाट चुनाव जितेर मर्ने चाहना रहेको बताएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने चहना गरेका छन् । तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरूको दाबी नहुने जिकिर गरेका छ ।
यस क्षेत्रमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका किसान श्रेष्ठ काग्रेसवाट केन्द्रीय सदस्य शकर भन्डारी, गाेविन्द भट्टराइ लगायतकाे दावी छ ।
वरिष्ठ नेता पौडेल आज दमौलीमा सञ्चारकर्मीहरु संग सक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् । तनहुँ क्षेत्र नं १ विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत गठबन्धनका नेताहरु संग कुराकानी भएको र उहाँहरु समेत सकारात्मक रहेको पौडेलले कुराकानीका क्रममा बताएका थिए । कुराकानी क्रममा तनहुँमा विकासका अधुरा योजना पुरा गर्न पनि आफू चुनावमा उठ्नु अपरिहार्य भएको बताएका थिए ।
२०४८ देखी निरन्तर उमेदवार हुदै अाएका पाैडेल २०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।
तनहुँका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू र तनहुँका पाटीका साथीहरू सगँ कुराकानी भैसकेके पौडेलको भनाइ छ ।