भदाै – ३ पाेखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले अनावश्यक भडकीलोरुपमा तामझाम, तडकभडक तथा खर्चिलो हुने गरि तीज कार्यक्रमहरु नगर्न सूचना जारी गर्दै अपिल गरेको छ । यदि ऐन नियम विपरित वा प्रशासनको आग्रहलाई नमाने कानून बमोजिम कारवाही गरिने समेत जारी सूचनामा जनाइएको छ ।
समाजमा सुसस्कार कायम रख्न राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था, सञ्चारकर्मी, महिला सञ्जाल तथा जिल्लाबासीहरुलाई प्रशासनकाे कदमलाई सहयाेग गर्न बुधवार जारी गरिएकाे एक सूचनामार्फत अपिल गरिएको छ ।