३ भदौ, ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, भने आमा घाइते भएकी छिन् ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ का २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् ।
घाइते दिलमायाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।