Latest
अर्को
Prev

नागरिकता विधयेक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

सेयर गर्नुहोस

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो ।


बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।


एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए ।तर, सत्तापक्षीय रास्ट्रीय जनमोर्चाकि एक्ली सांसद दुर्गा पौडेलले विपक्षमा मतदान गरेकी छन ।


सभामुख अग्नी सापकोटाले विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको भन्दै नागरिकता विधेयक बहुमतबाट पारित भएको घोषणा गरे । प्रतिनिधिसभाबाट विधेयक पारितसँगै अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाबाट पारित भएपश्चात प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पेश गरिने छ । यसपटक राष्ट्रपतिसामू विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist