Latest
अर्को
Prev

माओवादीले टुंगो लगायो स्थायी कमिटी, को को परे ४१ सदस्यमा ?

सेयर गर्नुहोस

भाद्र १। नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी सदस्यको नाम टुंगो लगाएको छ ।


महाधिवेशन सकेको झन्डै ९ महिनापछि माओबादीले ४१ सदस्यीय स्थाई समितिमा रहने नेताहरुको नामावलीको टुंगो लगाएको हो ।


माओवादीको १ भदौमा बसेको स्थायनीय कमिटीको बैठकले पार्टीको ४१ सदस्यीय स्थायी कमिटी बनाएको छ । माओवादीका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार नेकपाकालीन स्थायी  कमिटी सदस्यहरूलाई निरन्तरता दिई ४१ सदस्यीय कमिटी बनाएको हो ।


नेकपाकालीन स्थायी कमिटी सदस्यको नाम भने १९ असारको केन्द्रीय कमिटी बैठकले टुंगो लगाएको थियो ।  १ भदौमा बसेको स्थायी कमिटी बैठकले महिला, मुस्लिम, दलितबाट समेत स्थायी कमिटीमा ल्याएको छ । यो पटक  महिलाबाट ११ जना स्थायी कमिटी सदस्य भएका छन् ।  


माओवादीले गत पुस महिनामा ८औं महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारीलाई पूर्णता दिन सकेको छैन।


स्थायी कमिटी सदस्यकाे सूची 
पुष्पकमल दाहाल प्रचण्ड
नारायणकाजी श्रेष्ठ
कृष्णबहादुर महरा
देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
पम्फा भुसाल
गणेश शाह
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
शक्ति बस्नेत
चक्रपाणि खनाल
देवेन्द्र पौडेल
मात्रिका यादव
लिलामणि पोखरेल
हितमान शाक्य
हितराज पाण्डे
राम कार्की
कालीवहादुर मल्ल
खगराज भटट
जयपुरी घर्ती
ओनसरी घर्ती
शशी श्रेष्ठ
पूर्णकुमारी सुवेदी
अन्जना विसंखे
यशोदा सुवेदी गुरुङ
अमृता थापा
कमला रोक्का
रेखा शर्मा
उर्मिला अर्याल
श्रीराम ढकाल
हकिकुल्ला खाँ
महेश्वर गहतराज


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist