Latest
अर्को
Prev

फुटबलको सर्वोच्च निकाय फिफाद्वारा भारतलाई अनिश्चितकालीन प्रतिबन्ध

सेयर गर्नुहोस

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।


फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो ।


भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।


फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ ‌‌।


फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्नेछ । सर्वोच्च अदालतले राखेको कमिटीले हस्तक्षेप गरेपछि मुद्दा परेकोमा फिफाले चेतावनी दिएपनि स्थानीय स्टेट संघहरु चुनावी प्रक्रिया अघि बढाउन असमर्थ रहेका थिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist