Latest
अर्को
Prev

आजदेखि विश्व स्तनपान सप्ताह सुरु

सेयर गर्नुहोस

काठमाडौँ १६ साउन ।


साेमवारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् । 


युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिन्छन् । 


आमाको दूधमा शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने सम्पूर्ण तत्त्वसहित ८७ प्रतिशत पानी, ७ प्रतिशत गुलियो पदार्थ, ४ प्रतिशत चिल्लो पदार्थ र १ प्रतिशत प्रोटिन हुन्छ । यसले शिशुलाई झाडापखाला, विभिन्नखाले एलर्जी तथा अन्य रोगहरूको संक्रमणबाट बचाउँछ । 


आमाको दूधले शिशुलाई कुपोषण हुनबाट बचाउँछ भने बालबालिकाको मृत्युदर १६ प्रतिशत र नवशिशुको मृत्युदरलाई २५ प्रतिशतले घटाउँछ । स्तनपान गराउनाले आमा र शिशुबीच विशेष सम्बन्ध कायम गर्छ भने आमालाई मधुमेह, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम गर्दछ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist