काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलसँग साेमवार भेटघाट गरेका छन् ।
पौडेल निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको सङ्गठन सुदृढीकरणबारे कुराकानी भएको काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणले जानकारी दिएका छन् ।
काँग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।