
साउन १३
पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पोखरानै फिर्ता भएको छ ।
खराबाट उडेको छ मिनेटमै जहाज पोखरा विमानस्थलमा इमेर्जेन्सी अवतरण गरेको हो ।जहाजको बायाँ इन्जिन फेल भएको बताइन्छ ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए । जहाजमा सामान्य समस्या देखिएपछि एउटा इन्जिन बन्द गरेर जहाज अवतरण गरिएको बताइन्छ ।