Latest
अर्को
Prev

मणिपालका कर्मचारी र प्रशासनबीच सहमति ओपिडी सेवा सुचारु

सेयर गर्नुहोस


पोखरा १९ असार ।


लामो समयदेखि आन्दोलनमा उत्रेका मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रशासन विच सहमती भएकाे छ । सहमति भएपछि कर्मचारीले आन्दोलन रोकेका छन् ।


नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेल र अस्पतालका प्रशासक भानु भारद्वाजले सहमति भएको बताए ।सहमति भएसँगै आइतबारदेखि अोपीडी सेवा सुचारु भएकाे अस्पताल प्रशासनले जनाएको छ ।आन्दोलित कर्मचारीले आफूहरुको माग पूरा गर्न भन्दै दैनिक ५ घण्टा ओपिडी सेवा बन्द गर्दै आएका थिए ।


दैनिक ६ सय बिरामीलाई ओपिडी सेवा लिने मणिपालमा कर्मचारी अवरोधले दैनिक २ सयले मात्र ओपिडी सेवा पाएका थिए ।


गत जेठ १८ देखि विभिन्न मागसहित धर्नामा बसेका कर्मचारीको मागमा सुत्केरी बिदा र किरिया बिदा श्रम ऐन बमोजिमनै हुने सहमति भएको बताइएको छ ।


२०७४ साल यता अस्पातालमा आवद्ध कर्मचारीले भने श्रम ऐन २०७४ बमोजिम नै उपदान पाउने सहमति जुटेको हो । सन् २०१० मा भएको सम्झौता अनुसार ५ वर्ष काम गरेका कर्मचारीले ३० प्रतिशत उपदान, १० वर्ष काम गरेकाले ६६ प्रतिशत, १५ वर्ष वा सोभन्दा बढी अस्पतालमा आवद्ध कर्मचारीले शत प्रतिशत उपदान पाउने सहमति भएको छ ।


यस्तै कर्मचारी युनियनका अध्यक्ष पौडेलको अनुसार कर्मचारीलाई ६० दिनभित्र स्थायी गर्ने सहमति भएको छ भने तलब वृद्धिको विषयमा ३० दिनभित्र समाधान खोजिने सहमति भएको छ ।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist