पोखरा असार १७ ।
पाेखरा उपत्यका नगरविकास समितिको अध्धक्ष धनराज आचार्यले समितिको नाममा कति जमिन कस्तो अवस्था्मा छ भनेर एक महिना भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनु भएकाे छ । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान उहाँले पदभार ग्रहण गर्दै साे कुरा वताउनु भएकाे हाे ।
पोखरामा पोखरा उपत्यका नगरविकास समितिसंग प्रसस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन र संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने आम नगरवासीलाई परेको छ । आफ्नो सम्पत्ति संरक्षण गर्न सकेन भन्ने परेको छ । हामी आजको मितिले एक महिना भित्र उपत्यका नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भन्ने लेखाजोखा गरेर सार्वजनिक गछौं’ उहाँले भन्नुभयो । हाल समितिकाे नाउम ७५५ राेपनी जग्गा रहेकाे छ ।
यसैबीच जिल्ला अदालत कास्कीको फैसला अनुरुप उपत्यका नगरविकास समितिको न्युरोडमा रहेको कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको थियो । उक्त जग्गा सार्वजनिक हितका लागि प्रयोग गर्न खाली गराउन सूचना समेत निकाल्ने वैठकले निर्णय गरेको छ । त्यसका लागि ३५ दिने सूचना निकाल्ने र सम्याउने निर्णय समेत विहिवारकाे वैठकवाट भएकाे छ । साथै उक्त जग्गा प्राप्त गर्न नगरविकास समितिको तर्फवाट मुद्धा दायर गर्ने र बहस गर्नै सवै प्रति बैठकले आभार प्रकट गरेको छ ।
चिप्लेढुङगा देखी सभागृह अन्तर्गत सडक निर्माणका लागि २०३२ सालमा तत्कालीन पोखरा नगर योजना कार्यान्वयन समितिले ४१ जना स्थानीय जग्गा धनीहरूबाट कबुलियतनामा गराई अधिग्रहण गरेको जग्गा मध्ये उनीहरूको जमिन मात्रै समितिको नाममा आउन बाँकी थियो । अन्य सवै जग्गा अाएकाे छ ।