असार – १०
पोखरासहित देशका अधिकांश स्थानीय तहहरुले शुक्रबार आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याउँदैछन् । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । पोखरा महानगरले चालु आर्थिक वर्षको बजेट ६ अर्ब २७ करोडको बजेट ल्याएको थियो ।
स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार र बिहीबार नै बजेट ल्याइसकेका छन् ।
नेपालको संविधानले जेठ १५ मा केन्द्रकाे वजेट असार १ गते प्रदेशकाे र असार १० भित्र स्थानीय सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार शुक्रबार देशका प्राय सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।