असार ८
जिल्ला प्रहरी कार्यालय गाेरखाले गाँजा फडानी गर्ने कार्यलाई निरन्तरता दिंएकाे छ । लागू औषध नियन्त्रण अभियान अन्तर्गत मनसुन परिवर्तन भए संगै जिल्लाको विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रने गाँजाको बोटलाई संरक्षण गरी विभिन्न व्यक्तिहरुले लागू औषधको रुपमा प्रयोग गर्ने, बेचबिखन गर्ने जस्ता क्रियाकलाप गर्न सक्ने हुँदा स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वयमा यस कार्यालय तथा मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गर्ने कार्यलाई निरन्तरता दिंदै अाएकाे छ । वुधवार जिल्लाको विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रेका गाँजाको चार हजार नौ सय तीस बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख केदार खनालले वताए । साथै गाँजा फडानी गर्ने कार्यलाई अभियानकै रुपमा निरन्तरता दिइरहने खनालकाे भनाइ छ ।