नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थमा भारि मुल्य वृद्धि गरेको छ l
आईतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रुपैयाँले मूल्य वृद्धि भएको छ । एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत रहेको छ । पेट्रोलको मूल्य २१ रूपैयाँले वृद्धि गरेर प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने, डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ मूल्य पुगेको छ ।