Latest
अर्को
Prev

सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु

सेयर गर्नुहोस

मोगादिसु, ४ असार ।


सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।


संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र यी एजेन्सीहरुका सहयोगी दाता निकायहरु समेतको सहभागितामा यो न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको बताइएको छ ।


विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले यहाँका नागरिकमा खडेरीका कारण ठूलो समस्यामा परेका, भोकमरीका कारण उनीहरु विस्थापित भएका भन्दै मानवीय सहायता स्वरुप यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले यहाँका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँहजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।


संयुक्त राष्ट्रसङ्घीय एक अध्ययनले दिएको जानकारीअनुसार यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेका देखाएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist