पाेखरा ३० जेठ ।
मादी गाउँपालिका कास्कीको आयोजनामा स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सेवामा प्रभावकारिता बनाउने उद्देश्यले सोमबारदेखि तीन दिने अभिमुखिकरण कार्यक्रम सुरू भएको छ ।
कार्यक्रमको पहिलो दिन कास्कीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले सेवा, प्रवाह, पारदर्शिता, क्षमता विकास, स्थानीय शासन र सुशासनवारे, कास्की जिल्ला प्रहरी प्रमुख रमेश थापाले स्थानीय तह र सुरक्षा निकायविचको सहकार्य र शान्ति सुरक्षावारे, प्रधानमन्त्री रोजगार कार्यक्रम मादीका विश्वराज देवकोटाले न्यायिक समितिका काम, कर्तव्यका वारे र दोस्रो दिन कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रामजी प्रसाद शर्माले वजेट, वित्तिय व्यवस्थापन लगायतका विषयमा, प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले स्थानीय सरकार संचालन ऐन २०७४ का मुख्य प्रावधानहरू, स्थानीय तहवाट प्रदान गरिने सेवा प्रवाह र सिफारिसको ढाँचा तथा नमुनाका विषयमा र सार्वजनिक वित्त व्यवस्थापन विज्ञ कृष्ण अवस्थीले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।