३० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ ।
ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट आइतबार साँझ पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा समसामायिक छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।
दुई नेताबीच मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकेन।’