Latest
अर्को
Prev

टाटाले जडान गर्‍यो विद्युतीय गाडी चार्जिङ स्टेसन

सेयर गर्नुहोस

६ जेठ, काठमाडौं । टाटा मोटर्सले विद्युतीय गाडी प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन जडान गरेकाे छ ।


नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०० भन्दा बढी स्थानमा चार्जिङ सेन्टर जडान गरीसकेको जनाएको छ ।


कम्पनीका अनुसार १६ स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन र १०० स्थानमा एसी चार्जिङ स्टेसन जडान भइसकेको छ । असारसम्ममा १०० भन्दा बढी स्थानमा एसी चार्जिङ स्टेसन जडान गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।


डीसी चार्जिङ स्टेसन बागमती प्रदेशका ६ स्थानमा जडान भएको कम्पनीले जनाएको छ । बागमती प्रदेश अन्तर्गत ललितपुर, चुम्लिङटार, हेटौंडा, मुलकोट, भरतपुर र धादिङमा डीसी चार्जिङ स्टेसन जडान भएका छन् । यसैगरी मधेश प्रदेशमा लहान, सिमरा र ढल्केबरमा, प्रदेश १ मा इटहरी र विर्तामोडमा, लुम्बिनीमा भैरहवा, भालुवाङ र नेपालगञ्जमा चार्जिङ स्टेसन जडान भएका छन् । यस्तै गण्डकीको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढीमा डीसी चार्जिङ स्टेसन जडान भएकाे कम्पनीले जनाएकाे छ ।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist