२९ जेठ, तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा सुचारू भएकाे छ ।
जेठ २७ गते बिहान साँखारमा अाएकाे पहिरोले सडक भत्काएपछि उक्त सडक अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द भएकाे थियो ।
उक्त खण्डमा मालवहाक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द भएकाे थिएाे । अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।