Latest
अर्को
Prev

शुभकामना गोल्डकप, उद्धघाटन खेलमा आयोजक हेमजा र विरगंज भिड्दै

सेयर गर्नुहोस


पोखरा,२६ जेठ । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् ।हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् ।


प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले प्रतियोगितालाई गोल्डकपको रुपमा अघि बढाएको बताउनुभयो ।पोखरा महानगरपालिका वडा २५ गाैरी शकर खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन, विदेशी आयोजक सहित मोफसलका टिम समेत सहभागिता रहने अायाेजकले जनाएकाे छ ।


प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको क्लबका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिनुभयो ।पोखराको हेमजामा शुभकामना गोल्डकप, उद्धघाटन खेलमा आयोजक हेमजा र विरगंज भिड्ने छन्र।


प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


असार ४ गतेदेखी ११ गतेसम्म हुने प्रतियोगिताको तयारी तिव्र रुपले वढेकाे क्लबका अध्यक्ष कुवँरले बताउनुभयो ।
प्रतियोगिता २ वर्ष अघि गर्ने योजना बनाएपनि क्लबको आर्थिक अभावका कारण प्रतियोगिता सञ्चालन गर्न सकेको थिएन । क्लबका अध्यक्षका अनुसार २ वर्ष कोरोनाले सम्पूर्ण क्षेत्रलाई प्रभावित बनाउँदा सहयोगदाता पाउन निकै कठिन भएको हो ।


क्लबले फुटबल एकेडेमी संचालनमा ल्याउनु प्रतियोगिताको मुख्य उदेश्यक रहेको छ । कास्की जिल्ला लिग च्याम्पियन समेत हो । हेम्जा युनाइटेडले हेम्जाबाट अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्र रहेका हरेक विद्यालयलाई खेलकुद हवको रुपमा विकास गर्न पहल गर्ने योजना समेत बनाएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist