Latest
अर्को
Prev

पौडेलको चाहना तनहुँ २ बाट उम्मेदवार बन्ने

सेयर गर्नुहोस


२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने चहाना राखेका छन् ।


स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिका संयाेजक समेत रहेका पाैडेलले बिहीबार गरेको पत्रकार सम्मेलनमा भने, पार्टीले स्वच्छ छवि भएका, ऊर्जाशीलता, लोकप्रियता र निरन्तरताजस्ता  विषयमा विशेष ध्यान दिनुपर्ने वताए ।


२ वटा निर्वाचन क्षेत्र रहेकाे तनहुमा कांग्रेसका नेताहरु धेरै भएको उल्लेख गर्दै पौडेलले पार्टीले आफूलाई अन्य जिल्लाबाट उम्मेदवार बनाए पनि स्वीकार गर्ने बताएका छन् । जिल्लामा वरिश्ठ नेता रामचन्द्र पाैडेल सहित केन्द्रीय सदस्य एव पूर्व मन्त्री शंकर भण्डारी, गाेविन्द भट्टराइ, धुर्व वाग्ले समेत टिकटका अाकांक्षी हुन् ।पौडेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा तनहुँ २ ‘क’ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए भने तनहुँ २ वाट नेकपा एमालेका केदार सिग्देल काग्रेसका शकर भण्डारीलाइ पराजित गर्दै विजय भएका थिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist