Latest
अर्को
Prev

एनटिभिए गण्डकी प्रदेश अध्यक्षतामा रविप्रसाद आचार्य

सेयर गर्नुहोस

पोखरा, ७ चैत ।



नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्र भएकाे छ । अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले संघको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह कोषाध्यक्षमा संगीता अधिकारी आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै समितिको सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहनुुभएको छ ।


अधिवेशनका लागि बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा भीमबहादुर गोले तामाङ, मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ, बाबुराम पाण्डे रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका पदाधिकारी सहित निवर्तमान अध्यक्ष दुुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने पाेखरा भ्रमण वर्षका संयोजक गाेपी वहादुर भट्टराई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


नवनिर्वाचित अध्यक्ष रविप्रसाद आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेटको महिमा र गरिमालाई कायम गराउने कुरामा आँफूहरू निरन्तर लाग्ने विश्वास व्यक्त गर्नुुभयो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist