१७ फागुन , काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् ।
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् । यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको जानकारी दिए ।






