Latest
अर्को
Prev

पाथिभराको दर्शनपछि काठमाडौँ फर्किए बालेन्द्र साह

सेयर गर्नुहोस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पाथिभार देविकाे दर्शन गरि र पूर्वी नेपालका विभिन्न जिल्लामा केन्द्रित राजनीतिक भेटघाट तथा पार्टीगत गतिविधि पूरा गरी काठमाडौँ फर्किएका छन्।


उनको भ्रमण साविक मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा केन्द्रित रहेको पार्टी स्रोतले जनाएको छ। यस क्रममा उनले स्थानीय कार्यकर्ता, उम्मेदवार तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका थिए।


बालेन्द्र शाहले माघ ६ गते झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएपछि भोलिपल्ट काठमाडौँस्थित निवासमा आएका शुभेच्छुकहरूसँग छलफल गरेका थिए। माघ ८ गते बिहान इलाम पुगेका उनले त्यहाँ पार्टीका उम्मेदवार र स्थानीय नागरिकसँग संवाद गरेपछि पाँचथर र ताप्लेजुङ पुगेर समर्थक तथा शुभचिन्तकसँग भेटघाट गरेका थिए।


चैनपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मिङ्मा शेर्पासहित पार्टी पदाधिकारी र स्थानीय व्यक्तिहरूसँग छलफल गर्दै शाहले पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए। सो अवसरमा उनले पूर्वी नेपाल पर्यटन, कृषि र पूर्वाधार विकासका दृष्टिले सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिले यी क्षेत्रमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।


फर्किने क्रममा उनले धनकुटामा पनि संक्षिप्त भेटघाट गरेका थिए। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा समेटिएको भ्रमण पूरा गरी उनी शनिबार साँझ विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानमार्फत काठमाडौँ फर्किएका हुन्।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist