पाेखरा ।
शिक्षा मन्रीवाट राजिनामा दिइ म्याग्दीवाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले औपचारिक समर्थन गर्ने निर्णय गरेको छ।
उज्यालो नेपालका महासचिव धर्म चौधरीका अनुसार पार्टीको आन्तरिक निर्णयअनुसार पुनको उम्मेदवारीलाई सघाउने निष्कर्ष निकालिएको हो। उक्त निर्वाचन क्षेत्रमा उज्यालो नेपालले आफ्ना तर्फबाट उम्मेदवार नउठाएकाले उम्मेदवारी फिर्ता गर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे।
महासचिव चौधरीले पार्टीप्रति आस्था राख्ने समर्थक तथा सदस्यहरूलाई पुनले प्राप्त गर्ने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई शुक्रबार चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको छ।






