काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ बुँदे सहमति भएको छ ।
उनीहरूबीच आइतबार बिहान ३ बजे सहमति भएको हो । सहमतिपत्रमा मेयर शाह र सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नाम एकीकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने छ ।
दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने पनि सहमति भएको छ ।
एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाण्डु उपत्यकामा रहने सहमति पनि भएको छ ।
दुवै नेताहरूले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।







