Latest
अर्को
Prev

कर्मचारी सहकारीकाे अधिवेशन सम्पन्र

सेयर गर्नुहोस

 पोखरामा कार्यरत निजामति कर्मचारीयुनियनहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थाकाे १८ औ शाधरणसभा र छैटौं अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनवाट हालसालै मात्र कोष तथा लेखा नियन्त्रका कार्यालयवाट सेवा निवृत भएका पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।


उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए ।
सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए । लेखा समितिका सदस्यमा सीता बराल र धनराज पराजुली चयन भएका छन् । सहकारीको ऋण उप समितिमा शिवराज बराल र रमेश पौडेल चयन भएका छन् ।


सहकारीको साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मीले आर्थिक कारोबार गर्ने सहकारीहरु दिनानुदिन कमजोर बन्दै गएको बताए । उनले पारदर्शिता, ७ सिद्धान्तको मर्म, भावना र इमान्दारितालाई केन्द्रमा राखेर मात्र सहकारीहरु अघि बढ्नु पर्नेमा जोड दिएका थिए । सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा सचिव डिल्लीराम रेग्मीले सहकारीले मात्र होईन सिंगो कर्मचारीले वर्किङ मोडालिटी सुधार गर्न आवश्यक भएको बताए ।



‘हिजोको शैलीले अव चल्ने वाला छैन, उनले भने, ‘ठोस नियमको आवश्यक छ, आर्थिक घोटला गर्ने कोही बच्दैनन्’ । रेग्मीले भने, ‘धेरै सहकारी आवश्यक नै छैन, मन्त्रालयले कठोर भएर नीति ल्याउने विषयमा छलफल चलिरहेको उल्लेख गरे’ । भारत, जापान तथा वेलायतमा सञ्चालित सहकारीहरुको उदाहरण दिँदै कृषि तथा पशुपालनमा केन्द्रीत सहकारीहरु स्थापित भएको सचिव रेग्मीले बताए ।



सहकारीहरुले कमजोर धितो र सञ्चालकहरुले व्यक्तिगत प्रालि जस्तो बनाउँदा भिन्न भिन्न समस्या पैदा भएको बताउँदै अनुशासन र प्रजातान्त्रिक पन र पद्दतिलाई व्यवहारमा उतार्न कर्मचारी सहकारीलाई सुझाव समेत दिएका थिए ।



शिक्षा समितिका सदस्य डिल्लीराम रेग्मीले सञ्चालन गरेको सभामा उपाध्यक्ष वद्री पौडेलले स्वागत गरेका थिए भने चित्रा ढकालले ७ सिद्धान्त वाचन गरेकी थिइन् । सहकारीले एसईई, दशजोड दुई, उच्च शिक्षा प्राप्त गर्नेलाई शैक्षिक पुरस्कार, राम्रो कारोबार गर्नेलाई उत्कृष्ट कारोबारबाट सम्मान, उत्कृष्ट बचत सम्मान, ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट सदस्य सम्मान तथा बाल बचतलाई सम्मान गरेको सहकारीका प्रबन्धक तथा कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए ।


७ सय २५ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीले १० करोड ३५ लाखको कुल कारोबार गर्दै आएको छ । ६ करोड बढी ऋण लगानी रहेको सहकारीमा ३ करोड ५४ लाख तलरता रहेको कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिएका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist