काठमाडौं, २४ कात्तिक ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो ।
उक्त बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त गर्दै मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।






