Latest
अर्को
Prev

मणिपाल अस्पतालमा क्यान्सरको उपचार सेवा शुरू

सेयर गर्नुहोस

पोखरा, कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर सेवा बिस्तार गर्ने क्रममा क्यान्सरको उपचारको लागि पनि अत्याधुनिक सेवा शुरु गरेको छ ।


अस्तालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्नेगरी क्यान्सर उपचार विभागको सुरुवात गरिएको हो । “विशेषगरी, गण्डकी प्रदेशका सबैजसो जिल्लाका क्यान्सरपीडित नागरिकलाई उपचार सेवा प्रदान गर्ने हाम्रो प्रयास हो । गण्डकी प्रदेशबासीले काठमाडौँ वा भारतको दिल्ली जान नपरोस् । खर्च बचत होस् भन्ने नै हाम्रो अभिप्राय हो ।” उनले भने


डा. मास्केले क्यान्सर उपचारका लागि सुविधा सम्पन्न विभागको सुरु गरिएको र विभागले अत्याधुनिक प्रविधिबाटै उपचार गर्ने बताए । उनका अनुसार रेडियो थेरापी (विकिरण उपचार पद्धति), किमो थेरापी, हर्मोन थेरापी, टार्गेटेड थेरापी, इमुनो थेरापी, अन्को सर्जरी (क्यान्सरको शल्यक्रिया) सहित क्यान्सरका बिरामीलाई चाहिने सबै किसिमको उपचार अस्पतालमा गरिन थालेको छ ।


अस्पतालले स्तन क्यान्सर, सानो तथा ठूलो आन्द्राको क्यान्सर, मलद्वार तथा टाउकोसम्बन्धी क्यान्सर तथा शरीरको सबै भागमा देखिने क्यान्सर रोगको उपचार सेवा आरम्भ गरेको छ । डा. मास्केले भने, “क्यान्सरको उपचार यसअघि पनि गरिन्थ्यो । तर अब स्तरोन्नती गरेर सम्पूर्ण सेवा विस्तार गरिएको छ ।”


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist